 
																			काठमाडौं । शान्ति भंग गरेको आरोपमा भारतको लखनऊमा बलिउड अभिनेता सलमान खानजस्तै देखिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अजम अन्सारी नामक ती व्यक्ति लखनऊको प्रसिद्ध घण्टाघरअघि छोटो फिल्म छायांकन गरिरहेका थिए ।
मानिसहरु सलमान खानजस्तै देखिएको भनेर उनलाई हेरिरहँदा ठूलो ट्राफिक जाम भएको थियो । अन्य सवारी साधनका यात्रुको गुनासोपछि प्रहरी उक्त ठाउँमा पुगेर अन्सारीलाई पक्राउ गरेको थियो ।
ठाकुरगञ्ज प्रहरी चौकीले अन्सारीविरुद्ध शान्ति तथा अमनचैन भंग गरेको मुद्दा चलाएको छ । अन्सारीलाई लखनऊका चर्चित ठाउँ र सडकमा इन्स्टाग्राममा भिडियोहरु खिचेको बेला देखिएको थियो । युट्युबमा अन्सारीलाई १.६७ मिलियन जनाले पछ्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4