+
+

नेप्से परिसूचक २३ सय माथि

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १५:०५

२७ वैशाख, काठमाडौं । साताको तेस्रो दिनमा आइपुग्दा सेयर कारोबार मापक नेप्से परिसूचक २३ सय नाघेको छ । केही समय यता लगातार घटिरहेको नेप्से परिसूचक अघिल्लो साता २२ सयमा झरेको थियो । मंगलबार नेप्से परिसूचक ४४ दशमलव १६ अंकले बढेर २३ सय १३ अंकमा पुगेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६७ अंकले बढेको छ । सेयर कारोबार रकम भने १ अर्ब ३५ करोडमा रोकिएको छ । दिनभर भएका २६ हजार ५६५ कारोबारबाट २२६ कम्पनीका ३३ लाख ३० हजार १५० कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ पुगेको छ । नेप्से परिसूचक बढ्दा करिब आधा दर्जन कम्पनीहरुको सेयरम ूल्य सर्किट लेभलमा कारोबार भएको छ ।

सबैभन्दा धेरै बढ्ने पहिलो नम्बरमा ङ्यादी ग्रुप, दोस्रो नम्बरमा बरुण हाइड्रोपावर र तेस्रो नम्बरमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यसैगरी युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र नेशनल हाइड्रोको सेयर मूल्य १० प्रतिशत भन्दा बढीले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?