+
+

एमालेको मत तान्ने, गठबन्धनको मत जोगाउने श्रेष्ठको आशा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १६:४९

२७ वैशाख, काठमाडौं ।  सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको उपप्रमुखका साझा उम्मेदवार हुन्, रामेश्वर श्रेष्ठ । सुरुमा उम्मेदवारको भीडमा कतै हराइरहेको जस्तो देखिएका श्रेष्ठ पनि पछिल्लो समय ‘भिजिबल’ हुन थालेका छन् ।

२०४६ सालदेखि कम्युनिस्ट राजनीतिमा क्रियाशील श्रेष्ठ २०४७ सालमा केपी शर्मा ओली अध्यक्ष रहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको काठमाडौं १२ वडाको अध्यक्ष बनेका थिए । उनी एमाले जिल्ला कमिटी सदस्य हुँदै पछिल्लो समय प्रदेश कमिटी सदस्य भएका थिए । युवा राजनीतिमा सक्रिय उनी एमालेको युवा संघको सचिवालय सदस्यका साथै युथफोर्स भ्याली इञ्चार्जको जिम्मेवारीमा पनि थिए ।

नेकपा एकीकृत समाजवादी पार्टीको काठमाडौं महानगर कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठ राजनीतिमा नयाँ अनुहार भने होइनन् । उनी पार्टीभित्र उपमेयरका धेरै प्रत्यासीलाई पाखा लगाउँदै टिकट हात पार्न सफल भए । उनी अगाडि बढ्दा काठमाडौं महानगरका प्रवक्ता समेत रहेका ईश्वरमान डंगोल र ७ को वडाध्यक्ष रहेका शुद्ध डंगोल पछि परे ।

‘गतिशील, जनताको पहुँचमा रहने, जनताकै काम गर्न रुचि राख्ने’ उनको विशेषताको मूल्यांकन गर्दै पार्टीले उनलाई उपमेयरको उम्मेदवार बनाएको पार्टीका शीर्ष नेताहरू बताउँछन् ।

आफ्नो प्रतिस्पर्धी बनेकी सुनिता डंगोललाई भन्दा एमाले पंक्तिले आफैंलाई मत दिने उनको बुझाइ छ । एमालेको मत तान्ने तथा गठबन्धनको मत सुनिश्चित गर्दै विजय निकाल्ने उनको योजना छ ।

उपप्रमुखका उम्मेदवारहरूमध्ये चर्चामा रहेकी डंगोललाई हराएर जित निकाल्नु उनका लागि चुनौती छ । यद्यपि श्रेष्ठ गठबन्धनको शक्ति र एजेन्डाका कारण आफूले जित्ने दाबी गर्छन् । ‘मेरो जितको पहिलो आधार पाँचदलीय गठबन्धन हो’ श्रेष्ठ भन्छन्, ‘अर्को कुरा, मैले पेश गरेको कार्ययोजना पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?