+
+

पुरानो मत जोगाउने चुनौतीसहित मैदानमा कीर्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १६:४८

२७ वैशाख, काठमाडौं । कीर्ति तुलाधर विवेकशील साझाबाट काठमाडौं महानगरको उपप्रमुखकी उम्मेदवार हुन् । नेपाल जेसिजको अध्यक्षको भूमिका पूरा गरिसकेकी उनी अन्तर्राष्ट्रिय जेसिसको पनि दक्षिणएशियाबाट पहिलो महिला उपाध्यक्ष हुन् ।

शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीया तुलाधर अहिले पनि संघ–संगठनको नेतृत्वदायी भूमिकामा छिन् ।

२०७४ मा सम्पन्न स्थानीय चुनावमा विवेकशील दल तेस्रो भएको थियो । विवेकशीलकी रञ्जु दर्शनाले २३ हजार ४३९ भन्दा बढी मत ल्याएकी थिइन् । यसबीचमा विवेकशील र साझा पार्टीबीच एकीकरण र विभाजनको श्रृंखला नै चलेको छ । अहिले पनि पार्टीभित्र तीव्र विवाद छ ।

यो पृष्ठभूमिमा वैकल्पिक राजनीतिप्रति निराश बनेका मतदाताको मत जोगाउनुपर्ने चुनौती विवेकशील साझा पार्टीलाई छ । यसअघि प्राप्त मतको रक्षा गर्न उनले मिहिनेत गर्नुपर्ने देखिन्छ ।

यद्यपि उनी आफैं चाहिं आफू घरदैलोमा जाँदा सकारात्मक प्रतिक्रिया पाइरहेको बताउँछिन् । उनी भन्छिन्, ‘पहिले हामीले जुन–जुन पार्टीलाई विश्वास गरेर मत दियौं, उहाँहरूले भने जस्तो गर्नु भएन, अब पालो तपाईंहरूकै हो भन्नुभएको छ ।’

मतदाताले आफूलाई अवसर दिएमा आफ्नो प्राथमिकता महानगरमा विद्यमान नागरिकका आधारभूत समस्यालाई समाधान गर्नु रहेको उनी बताउँछिन् । ‘यी काम गर्न हामीसँग विभिन्न उपाय छन्’, उनी भन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?