+
+

काठमाडौं र भक्तपुरका प्रशासनिक सेवा आज र भोलि प्रभावित

ललितपुर प्रशासनमा सीमित कर्मचारीबाट अत्यावश्यक सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते ८:५२

२८ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले यही आज र भोलि (वैशाख २८ र २९ गते) कार्यालयको सेवा प्रभावित हुने जनाएका छन् ।

‘स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले यही २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ’, दुवै जिल्ला प्रशासन कार्यालयहरुले मंगलबार जारी गरेको सूचनामा लेखिएको छ ।

तर ललितपुर जिल्ला प्रशासन कार्यालयले भने यस्तो सूचना जारी गरेको छैन । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले कर्मचारीहरु सीमित भए पनि तिनै कर्मचारीहरुबाट सेवा दिइरहेको बताए । ‘निर्वाचनमा खटिनु पर्ने भएकाले कर्मचारीहरु सीमित त हुनुहुन्छ तर सेवाग्राहीहरुको चाप पनि छैन । त्यसैले थोरै कर्मचारीहरुबाटै अत्यावश्यक सेवा दिइरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?