+
+

मतदाता शिक्षा कार्यक्रम बिहीबार पनि सञ्चालन हुने

आयोगले मतदाता परिचयपत्र पनि बाँड्दै 

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १६:२८

२८ वैशाख, काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न सुरु गरेको छ ।

नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण सुरु गरेको हो ।

बुधबार र बिहीबार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण गरिरहेको छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताहरुले हालेको मतदान बदर नहोस् भनेर मतदाता शिक्षा दिन लागेको आयोगले बताएको छ ।

मतदाता शिक्षा लिनका लागि नयाँ पुस्ताहरु अधिकांश मतदान स्थलमा आएको नयाँ बनेश्वर मतदान केन्द्र ‘ग’का मतदान अधिकृत भगवान उप्रेतीले बताए । उनले बिहान १० बजेबाट मतदाता परिचय पत्र वितरण गरेको र ३० वैशाखका लागि आवश्यक तयारी गरिरहेको बताए । मतदाताहरुलाई नमूना मतपत्रमा मत हाल्न सिकाउने काम भएको उनले बताए ।

काठमाडौं जिल्ला अदालतकी कर्मचारी अनुपमा भट्टराईले मतदाता शिक्षासँगै मतदाता परिचय पत्र पनि वितरण गरिरहेको बताइन् । उनले नयाँ मतदाता परिचय पत्र बनाएका र स्थानीय निर्वाचनमा यसअघि मत नहालेका मानिसहरु मत हाल्ने तरिका सिक्न आएको बताइन् ।

उनले भनिन्, ‘कतिपयले यो के हो भनेर सिक्न चाहनुभएको छ, कतिपयले सिकेको नै हुनुहुन्छ मतपत्र मात्रै लिन आउनु भएको छ, हामलिे नमूना मतपत्रमा भोट हाल्न सिकाइरहेका छौं ।’
त्यस्तै मतदान हाल्ने तरिका सिक्न र मतादाता परिचय पत्र लिन आएका मतदाताहरु भोट हाल्नका लागि उत्साहित देखिन्छन् ।

अधिवक्ता भूमिनन्द चुँडाल धेरै मत बदर हुन नदिन नयाँ मतदाताहरुलाई मत हाल्न सिकाउनुपर्नेमा जोड दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?