+
+

गृहजिल्ला बाँकेमा सञ्जुको अन्त्येष्टि, खेलकुदमन्त्री गहतराजले गरे अन्तिम विदाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १६:३२

२८ वैशाख, बाँके । मंगलबार काठमाडौंमा मृत भेटिएकी राष्ट्रिय भारत्तोलन खेलाडी तथा १३औं दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेता सञ्जु चौधरीको बुधबार उनको गृहजिल्ला बाँकेमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ ।

अन्त्येष्टिअघि उनको पार्थिव शरीरलाई बाँकेको राप्तीसोनारी–३ बेलासपूरस्थित सञ्जुको घरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उनको घरमै पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका हुन् ।

मंगलबार विहान ललितपुरको लुभुस्थित आफू बसेको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएकी सञ्जुको पार्थिव शरीरलाई पाटन अस्पतालमा पोष्टमार्टम गरी मंगलबारै बाँके पठाइएको थियो ।

श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री गहतराजले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए ।

सञ्जु एसियाली खेलकुदको तयारीका क्रममा ललितपुरस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २२ वर्षीया चौधरी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?