+
+

दिनहुँ झडप भइरहेको रुकुम पश्चिममा एसपी विकलाई खटाइयो, १९ मतदानस्थल अतिसंवेदनशील

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २९ गते १३:२८

२९ वैशाख, काठमाडौं । चुनावको विषयलाई लिएर कांग्रेस र माओवादी कार्यकर्ताबीच दिनहुँ झडप हुन थालेपछि प्रहरी प्रधान कार्यालयले एसपी डम्बर बहादुर विकलाई पश्चिम रुकुम पठाएको छ ।

साथै निर्वाचन अनुगमन गर्न सरकारले झक्कप्रसाद आचार्यको टोली पनि पश्चिम रुकुममा पठाएको छ । आचार्य कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव हुन् ।

कांग्रेस र माओवादी कार्यकर्ताबीच चुनाव प्रचारको क्रममा कुटाकुट हुँदै आएको छ । गएराति मात्रै कांग्रेस कार्यकर्ताहरुको कुटाइबाट माओवादी केन्द्रका वडा सदस्यका उम्मेदवार तुलसीराम बुढासहितका कार्यकर्ताहरु घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले छिटपुट घटना बाहेक जिल्लाको समग्र अवस्था शान्तिपूर्ण रहेको बताए । उनले निर्वाचनको लागि सुरक्षा लगायतका सम्पूर्ण तयारी पूरा भएको पनि बताए ।

रुकुम पश्चिममा ७६ मतदान स्थलमा १३९ मतदान केन्द्र छन् । प्रजिअ घिमिरेका अनुसार १२ मतदान स्थल सामान्य, १९ अतिसंवेदनशील र ४५ संवेदनशील भनेर वर्गीकरण गरिएको छ । १३९ वटै मतदान स्थलमा मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली पुगेर सम्पूर्ण तयारी पूरा गरेको घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?