+
+

भरतपुरमा प्रचण्ड भेटघाटमा, मौन अवधिमा मतदाता प्रभावित पारेको एमालेको आरोप

सुवास पण्डित सुवास पण्डित
२०७९ वैशाख २९ गते १९:०८
भरतपुरमा रेनु दाहालको घर अगाडि राखिएका प्रचण्ड र मन्त्रीहरुको गाडी ।

२९ वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय सरकारका मन्त्रीले दुई दिनदेखि चितवनमा बसेर मतदाता प्रभावित पारेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।

बुधबार चितवन आएका प्रचण्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ,  महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठले मौन अवधिमा निर्वाचन आचारसंहितासमेत ख्याल नगरी सरकारी गाडीको दुरुपयोग गर्दै घरघरमा पुगेर मतदाता प्रभावित पारेको एमालेले जनाएको छ ।

भरतपुरका मतदातासमेत रहेका अध्यक्ष प्रचण्डले भरतपुर-१० स्थित रेनु दाहालको घरमा भेटघाट गरिरहेका छन् । बुधबार दिउँसो चार बजे भरतपुर आएका उनले बिहीबार विहान माडीमा होटल प्याराडाइजमा उम्मेदवार र स्थानीय नेतालाई भेट गरेका छन् ।

वागमती प्रदेशका मन्त्रीहरु घनश्याम दाहाल, मिलनबाबु श्रेष्ठ, बलराम पौडेल र कृष्ण खनाल पनि भरतपुरमै छन् ।

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा मुख्य प्रतिस्पर्धीमा नेकपा एमालेका विजय सुवेदी र नेकपा माओवादी केन्द्रबाट रेनु दाहाल रहेका छन् ।

नेकपा एमालेले मन्त्री किसान श्रेष्ठ र राज्यमन्त्री उमेशले मतदाता प्रभावित पार्न आर्थिक चलखेल गरेको सूचना आएको भन्दै छानबिन गर्न माग गरेको छ ।

जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘…मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिकाभित्र आर्थिक चलखेल गरेको भन्ने सूचना आएकाले आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न नेकपा एमाले चितवन जोडदार माग गर्दछ ।’

राज्यका उच्च तहमा रहेका व्यक्ति नै मौन अविधमा मतदाता प्रभावित गर्न लाग्दा निर्वाचन निष्पक्ष हुनेमा गम्भीर शंका पैदा भएको एमालेले बताएको छ ।

‘आचारसंहिता गम्भीर उल्लंघन गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका भरतपुर महानगरपालिका र माडी नगरपालिकाका उम्मेदवारहरुको उम्मेदवारी रद्द गर्ने प्रक्रियासमेत अगाडि बढाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौं’ जिल्ला अध्यक्ष न्यौपानेले भनेका छन् ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले प्रचण्ड र मन्त्रीहरु चितवनकै मतदाता भएकाले मतदान गर्न आएको बताए । ‘एउटा नेता आउँदा नेता कार्यकर्ताले भेट्दैनन् त ? एउटा नेता आउँदा यहाँ भएका मन्त्रीहरु भेटघाट गर्नै हुन्न र ? जनतालाई पो प्रभावित नपार्ने हो त । नेता त भेटिहाल्छन नि’ उनले भने ।

एमालेले प्रचण्ड र संघीय सरकारका मन्त्रीहरु किसान श्रेष्ठ र उमा रेग्मी तथा राज्यमन्त्री उमेश श्रेष्ठलाई आचार संहिता उल्लंघन गरेकाले कारबाही गर्न माग गर्दै निर्वाचन कार्यलयमा उजुरी पनि दिएको छ ।

लेखकको बारेमा
सुवास पण्डित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?