
३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशैभर गठबन्धनका उम्मेदवार विजयी हुने दावी गरेका छन् ।
काठमाडौंको मतदान केन्द्रमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिंदै नेता सिहले देशैभर कांग्रेस र गठबन्धनका उम्मेदवारहरु विजयी हुने विश्वास व्यक्त गरे ।
नयाँ संविधान जारी भएपछि दुई तिहाई भएको सरकारले काम गर्न नसकेको अवस्थामा संविधानलाई ट्र्याकमा राख्न गठबन्धनले काम गरिरहेको र तीन तहको निर्वाचनका लागि यो स्थानीय तहको निर्वाचन जग भएको बताए ।
संविधानले दिएको अधिकार सुरक्षित एवं संस्थागत गर्दै राजनीतिक महत्वलाई बुझेर जनताले गठबन्धनका उम्मेदवारहरुलाई मत दिने उनको भनाइ थियो ।
मेयर भनेको राष्ट्रको महत्वपूर्ण जिम्मेवारी भएको भन्दै उनले संविधान जोगाउन गठबन्धन बनेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4