+
+
Shares

मतदानपछि राजेश हमालले भने- राजनीतिमा नआइएला भन्न सकिंदैन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १०:११

३० वैशाख, काठमाडौं । ‘काठमाडौं महानगरको मेयर बन्नुपर्छ कि क्या हो !’ अभिनेता राजेश हमालको यो अभिव्यक्तिले सानोतिनो तरंग मच्याएको थियो, सिनेवृत्तमा । पछि उनले यसलाई गम्भीरतापूर्वक नलिन र आफूले ठट्यौली गरेको स्पष्ट पारेका थिए ।

शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा उनले लैनचौरस्थित कन्या हाईस्कुलको केन्द्रबाट मतदान गरेका छन् । बिहान मतदाताको लाममा लागेर उनले आफ्नो मत दिएका हुन् । मतदाताको लाममा उभिएका बेला सोधिएको प्रश्नमा उनले भने, ‘आगामी निर्वाचनमा तपाईंलाई कुनै भूमिकामा देख्न सकिएला, पाँच वर्षपछि ?’

जवाफमा उनी मुसुक्क हाँसे । अनि कूटनीतिक शैलीमा यसो भने, ‘भविष्यवाणी त म के गरौं ? तर सकिंदैन भन्न पनि सकिंदैन ।’

भोट दिएपछि जनप्रतिनिधिलाई खबरदारी गरौं

मतदानपछि संक्षिप्त कुरा गर्दै अभिनेता हमालले भने, ‘जनमानसलाई यो भन्न चाहन्छु कि, हामीले मतदान गरेर आफ्नो कर्तव्य पूरा गरिसकेपछि जनप्रतिनिधिले सही काम गरे वा गरेनन् भनेर हरदम खबरदारी गरिरहनुपर्नेछ । औंला ठड्याइरहनुपर्नेछ । जनसमुदायको सहभागिता अनन्तकालसम्म जारी रहनेछ ।’

अहिले धेरै कलाकर्मी प्रत्यक्ष राजनीतिमा सक्रिय छन् । यसै सन्दर्भमा उनलाई सोधियो, ‘राजनीतिमा कलाकारको जुन आकर्षण देखिएको छ, त्यसलाई कसरी लिनुहुन्छ ?’

‘राजनीतिमा लागेको व्यक्तिलाई कलाकार वा यो क्षेत्रको फलानो पृष्टभूमिको भनेर हेर्नुभन्दा पनि राजनीतिमा जाने व्यक्ति देशका नागरिक हुन्’ उनले जवाफमा भने, ‘र, हरकोही व्यक्ति राजनीतिमा जान सक्छन् । यो अधिकार सबैलाई छ ।’

कुनै पनि व्यक्तिलाई यो क्षेत्रको, त्यो क्षेत्रको भन्नुभन्दा पनि राष्ट्रको नागरिक हुन् र नागरिकको हैसियतमा राजनीति गर्ने इच्छा व्यक्त गरेका हुन् भनेर बुझ्नुपर्ने उनको प्रतिक्रिया थियो ।

तस्वीर : कमल प्रसाईं

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?