+
+

बझाङको बित्थडचिर गाउँपालिकामा ३५ प्रतिशत मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १२:४५

३० वैशाख, काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकामा ३५ प्रतिशत मतदान सकिएको छ । बिहान ७ बजेदेखि सुरुभएको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको गाउँपालिकाका निर्वाचन अधिकृत हरि पंगेनीले जानकारी दिए ।

गाउँपालिकको ९ वटा वडामा १७ मतदान केन्द्रमार्फत मतदान जारी रहेको उनले बताए । गाउँपालिकामा कुल मतदाता संख्या ११ हजार रहेको रहेको पंगेनीको भनाइ छ ।
‘चार घण्टामा ३८ सयभन्दा धेरै मत खसेको छ, टाढा टाढाबाट मतदाहहरू आउने र मत खसाल्ने क्रम जारी छ’ पंगेनीले भने ।

निर्वाचनमा राजनीतिक दल र प्रतिनिधिले सहयोगी र रचनात्मक भूमिका खेलेको पंगेनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?