+
+

गुल्मीमा मध्यान्हसम्म ३१ प्रतिशत मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १४:१६

३० वैशाख, गुल्मी । शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा गुल्मीमा दिउँसो १ बजेसम्म ३१ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि नै गुल्मीका १२ वटै पालिकामा उत्साहपूर्वक मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी अर्जुन पन्थीले बताए ।

जिल्लाका ९३ वडाका १४२ मतदान स्थलमा २७९ वटा मतदान केन्द्र रहेका छन् । गुल्मीमा ४८९ जना जनप्रतिनिधिका लागि १ हजार २४३ जना चुनावी मैदानमा उत्रिएका छन् ।

गुल्मीमा २ लाख २४ हजार २७६ जना मतदाता छन् भने बताए । निर्वाचनका लागि २ हजार ५ सय ८३ जना सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?