+
+

स्थानीय तह निर्वाचनको मतगणना आजै सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १४:४८

३० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना आजैबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलसम्म पुर्याउने र सर्वदलीय बैठकको निर्णयपछि आजैबाट गणना सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । कतिपय स्थानमा पूर्वनिर्धारित समयभन्दा ढिलो मतदान सुरु भएको छ । ती स्थानहरुमा ५ बजेभित्र मतदान स्थलमा प्रवेश गरिसकेकाहरुले मतदान गर्न पाउने आयोगका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा न.. १७ मा भने आज मतदान भएको छैन । महाराजगञ्जमा उपमेयरको उम्मेदवार र तुलसीपुर–१७ मा वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएकाले आज मतदान नभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?