+
+

रणवीर स्टारर ‘जयशभाइ जोरदार’को भारतमा कमजोर ओपनिङ

गुजराती व्यञ्जनको स्वाद लिदै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १४:५१

काठमाडौं । केही सातादेखि बलिउड स्टार रणवीर सिंह अभिनित फिल्म ‘जयशभाइ जोरदार’ चर्चामा छ । नेपालमा भने भोलि शनिबारदेखि फिल्म प्रदर्शन तयारीमा छ ।

धेरै प्रचार र सामाजिक रुपमा सान्दर्भिक कथावस्तुमा बनेको फिल्मले भारतीय बक्सअफिसमा राम्रो ओपनिङ गर्ने अपेक्षा थियो तर, त्यस बिपरित फिल्मले निराशजनक सुरुआत गरेको छ ।

विवरणअनुसार बिहानी र दिवा सोजमा फिल्मको ओपनिङ अकुपेन्सी १० प्रतिशत मात्र छ । २२५० वटा स्क्रिनबाट रिलिज भएको फिल्मले यसवर्ष उच्च ब्यापार गर्ने फिल्मको इतिहासलाई दोहो¥याउने अपेक्षा थियो ।

तर, मास दर्शकलाई फिल्मको कथावस्तु नरुचेको देखिन्छ । समीक्षकबाट मिश्रित समीक्षा प्राप्त गरेको फिल्मले अब आफूलाई अघि बढाउन वर्ड अफ माउथमा निर्भर हुनुपर्नेछ ।

फिल्मले ४ देखि ५ करोड भारुसम्मको ओपनिङ गर्नसक्ने प्रक्षेपण गरिएको छ ।

गुजराती व्यञ्जनको स्वाद लिदै

रणवीर सिंह थरीथरी पहिरन शैलीका कारण चर्चामा आउने गर्छन् । यादकदा उनी विचित्रको पहिरन लगाएर सार्वजनिक हुन्छन् । औसतभन्दा फरक देखिने अझ भनौं बिचित्रको पहिरनमा ठाँटिने गर्छन् । यस्ता पहिरनले उनलाई चर्चाको केन्द्रमा मात्र ल्याउँदैन, उत्तिकै हाँसोको पात्र पनि बनाइन्छ ।

उनी कहिले कन्डोमको आकार झल्कने पहिरनमा देखिन्छन्, कहिले महिला झै देखिने पहिरनमा । एकपटक उनको पहिरन शैली देखेर सामाजिक सञ्जालमा व्यापक धज्जी उडइयो । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुको टिप्पणी थियो, ‘के दीपिकाको लुगा लगाएको हो ?’

त्यसो त रणवीर पहिरनको मात्र होइनन्, खानाका पनि उत्तिकै शौखिन हुन् । मासुजन्य खानेकुराले उनलाई बढी लोभ्याउँछ । भनिन्छ, रणबीर ननभेज परिकार बनाउन पनि उत्तिकै माहिर छन् । खानपानपछि उनलाई चकलेट वा यस्तै गुलियो खानेकुरा मनपर्छ ।

मदिराप्रति भने उनको खास आशक्ति छैन । मदिरा पिउँदै नपिउने भने होइन । अनौठो मान्नुपर्छ, बर्षमा एक वा दुई पटक मात्र उनी मदिरा पिउँछन् ।

हालैमात्र रणबीर सप्तरंगी पहिरनमा ठाँटिएर गुजराती व्यञ्जन खाइरहेको फोटो सार्वजनिक भएको छ । खासमा उनी फिल्म ‘जयशेभाई जोरदार’को प्रमोशनका लागि गुजरात पुगेका रहेछन् । त्यही उनले गजुराती व्यञ्जनको स्वाद लिएका हुन् ।

गुजराती व्यञ्जन यसैपनि लोभलाग्दो । एकै थालीमा ३५–४० प्रकारका परिकार हुन्छ, यसमा । हेर्दै रहरलाग्दो गुजराती व्यञ्जनसँग आफ्नो फोटो शेयर गर्दै रणबीरले लेखेका छन्, ‘मोहनथल ! द बेस्ट ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?