+
+

गोरखाको ताराखसेमा गोली चल्यो, एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १७:३४

३० वैशाख, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी हुन् । उनको तिघ्रामा गोली लागेको र उपचारका लागि अस्पताल लगिएको सहायक निर्वाचन अधिकृत चित्र अधिकारीले जानकारी दिए ।

गोरखाका एसपी केदार खनालले भने, ‘ माओवादी र कांग्रेस कार्यकर्ताहरु हानाहान गर्दै मतपेटिका राखेको कोठामै छिरे । झडपलाई नियन्णत्रमा लिन फायर खोल्दा थापाको खुट्टामा गोली लाग्न पुग्दा उनी घाइते भएका हुन् ।’ मतपेटिका भने सुरक्षित रहेको सहायक निर्वाचन अधिकृत अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?