+
+

गुल्मीका रुरुक्षेत्र र धुर्कोटमा बस्न सकेन सर्वदलीय बैठक

अनिल खत्री अनिल खत्री
२०७९ वैशाख ३१ गते १२:५३

३१ वैशाख, गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा र रुरुक्षेत्र गाउँपालिकामा मतगणनाको लागि सर्वदलीय बैठक समेत बस्न सकेको छैन । जिल्लाका बाँकी १० स्थानीय तहमा भने मतगणना जारी रहेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले बताइन् ।

धुर्कोट गाउँपालिकामा आफ्नो पार्टीको वडाअध्यक्ष पदका उम्मेदवार माथि कुटपिट भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि सर्वदलीय बैठक बस्न नसकेको हो । गाउँपालिकाको वडानम्बर–४ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका गोपाल थापामगर माथि शुक्रवार मतदान सकिएपछि कुटपिट भएको थियो । गुल्मी अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि पाल्पा लगिएको छ ।

उम्मेदवार माथि कुटपिट भएको भन्ने आएकाले दलका प्रतिनिधि समेत उपचारमा व्यस्त भएको भन्ने खबर आएकाले बैठक बस्न नसकेको निर्वाचन अधिकृत मुना पौडेलले बताइन् । उनले मतगणना छिटोभन्दा छिटो सुरु गर्न सर्वदलीय बैठक बस्न पहल भइरहेको पनि बताइन् ।

वडाअध्यक्ष उम्मेदवारमाथि कुटपिटमा संलग्न भएका भनिएका ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए ।

त्यस्तै रुरुक्षेत्र गाउँपालिकामा पनि मतदान सकिएपछि माओवादी–कांग्रेस गठबन्धनका कार्यकर्ताले एमालेका कार्यकर्ता राजु ज्ञवालीलाई कुटपिट गरेपछि मतगणनाको लागि सर्वदलीय बैठक बस्न नसकेको हो । कुटपिटबाट घाइते ज्ञवालीको टाउकोमा चोट लागेपछि बुटवलमा उपचार भइरहेको नेकपा एमाले रुरुक्षेत्र गाउँपालिका अध्यक्ष पदका उम्मेदवार हिमाल श्रेष्ठले बताए ।

घाइतेको उपचारमा रहेकाले मतगणनाको लागि सर्वदलीय बैठक बस्न ढिला भएको श्रेष्ठले बताए । मतगणनाको लागि सर्वदलीय बैठक बोलाइएको निर्वाचन अधिकृत बसन्तप्रसाद पन्थीले बताए । सर्वदलीय सहमति अनुसार मतगणना छिट्टै सुरु हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?