+
+

जनकपुरधाममा कांग्रेसका बागी उम्मेदवारको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १३:०५

३१ वैशाख, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसबाट राजीनामा दिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहको मतान्तर बढ्दै गएको छ ।

वडा नम्बर १ को ७ सय ८० वटा मतको गणना गर्दा साहले २ सय ५९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हिरा’ ले १ सय ५ मत ल्याएका छन् ।

निवर्तमान मेयर जसपाका लालकिशोर साहले ३६ मत पाएका छन् । उनलाई नेपाली कांग्रेस र नेकपा  माओवादी केन्द्रलगायतका दलको पनि समर्थन छ ।

यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ६१ मत प्राप्त गरेका छन् ।

यस्तै उप मेयरमा सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साहले अग्रता लिएकी छन् ।

उनले ३ सय मत प्राप्त गर्दा एमालेकी रुना झाले १ सय ३५ मत प्राप्त गरेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?