+
+

काभ्रेको महाभारत–१ मा माओवादीका जिम्बा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १६:२६

३१ वैशाख, काभ्रे । काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका कान्छामान जिम्बा (रोहित) नेतृत्वको प्यानल निर्वाचित भएको छ ।

वडा अध्यक्षमा निर्वाचित जिम्माले ७२० मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवारले ३२१ र नेकपा एमालेका उम्मेदवारले २२ मत पाएका छन् ।

गाउँपालिकाको अध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवार कान्छालाल जिम्बा ७८२ मतसहित अग्रता कायम राखेका छन् । एमालेका उम्मेदवार पूर्णबहादुर वाइवाले २२४ मत पाएका छन् ।

यसैगरी उपाध्यक्ष पदमा नेपाली कांग्रेसका सागर मोक्तानले ३४३ मतसहित अग्रता लिएका छन् । एमाले उम्मेदवार शान्ति तितुङ रानामगरले ६८ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनबहादुर आलेले १२ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?