+
+

सिस्नेमा मतगणना सुरु, भूमे र पुथाउत्तरगंगामा माओवादीको अग्रता

सर्जना कार्की सर्जना कार्की
२०७९ वैशाख ३१ गते १८:४४

३१ वैशाख, रुकुमपूर्व । रुकुमपूर्वको भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायम छ । १ नम्बर वडामा माओवादी केन्द्रको प्यानल नै निर्वाचित भइसकेको छ ।

अहिले २ नम्बर वडाको मत गणना जारी छ । पुथाउत्तरगंगामा बिहान साढे १० बाट मत गणना सुरु गरिएको थियो ।

रुकुम पूर्वकै भूमे गाउँपालिकामा पनि नेकपा माओवादी केन्द्रको अग्रता कायम छ । १ हजार २९२ मत खसेको ९ नम्बर वडाको मत गणना जारी रहँदा माओवादी केन्द्रका तर्फबाट पालिका अध्यक्षका उम्मेदवार होमप्रकाश श्रेष्ठले ३७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत विमलप्रसाद बरालले जानकारी दिए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्षका उम्मेदवार कमान पुनले १५ र मंगोल नेशनल अर्गनाइजेशनका तर्फबाट पालिका अध्यक्ष उम्मेदवार रतनबहादुर बुढाले ६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष पदमा पनि माओवादी केन्द्रकै उम्मेदवार सविना बुढामगरले ३५९ मतसहित फराकिलो अन्तरको अग्रता कायम राखेकी छन् । उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार कमानसिङ डाँगीले जम्मा ५१ मत पाएका छन् ।

पालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन गरेका थिए ।
यस्तै वडाध्यक्ष पदमा पनि माओवादी केन्द्रका उम्मेदवार विनोद बुढाले ३ सय ६३ मत प्राप्त गरेका छन् । कांग्रेस वडाध्यक्ष उम्मेदवार समिर पुनले १ सय ५० मत पाउँदा नेकपा एमाले तर्फका वडाध्यक्ष उम्मेदवार नन्दकुमार घर्तीले २६ मत प्राप्त गरेका छन् ।

सिस्नेमा ६ बजेदेखि मतगणना सुरु

सिस्ने गाउँपालिकामा भने भर्खरै मतगणना सुरु भएको छ । यस गाउँपालिकामा अहिले साँझ ६ बजेबाट मत गणना सुरु भएको हो । सिस्नेमा मत पेटिका संकलन ढिला हुँदा मतगणना पनि अन्य ठाउँको तुलनामा ढिला सुरु भएको हो ।

सिस्नेको २ देखि ८ नम्बर वडाका मतदान केन्द्रबाट शुक्रबार साँझ नै मतपेटिका आए पनि १ नम्बर वडाबाट मत पेटिका आइनपुग्दा यस मत गणना ढिला सुरु भएको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए ।

उहाँकाअनुसार सिस्ने गाउँपालिका १ नम्बर वडाबाट आज दिउसो पौने ३ बजे मात्र मत पेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको थियो । त्यस लगत्तै सर्वपक्षीय बैठक बसेर साढे ५ बजेबाट मत गणना सुरु गर्ने निर्णय गरिएको थियो । तर ६ बजेदेखि मात्रै मत गणना कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृत लवटले बताए ।

सिस्नेका वडा नं. १ र ८ बाट मत गणना सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?