+
+
Shares

रुकुमपूर्वमा खोलाको बाढीले बगाउँदा दुई जना बेपत्ता

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–६ मयाङ खोलामा आएको बाढीमा बगेर दुई जना बेपत्ता भएका छन् ।

बालाराम शेर्पाली बालाराम शेर्पाली
२०८३ भदौ २१ गते १८:२१

२१ भदौ, रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–६  मा एक खोलामा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा स्थानीय मयाङ गाउँका ७० वर्षीय तीर्थराम शाही र ४९ वर्षीय बुद्धिराज सेन रहेको प्रहरीले जनाएको छ ।

उनीहरू खरिढुङ्गादेखि घरतर्फ फर्कने क्रममा साङ्खोलामा रहेको काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाएको प्रहरीले जनाएको छ । लगातारको वर्षापछि साङ्खोला खोलामा पानीको बहाव बढेको थियो । सोही क्रममा उनीहरूलाई खोलाले बगाएको बताइएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयसहितको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख डीएसपी खुमानन्द पाण्डेले जानकारी दिए ।

‘एकदमै ठाडो खोला छ । बाढी पनि घटेको छ,’ खोलामै खोजी रहेको बताउँदै उनले भने, ‘खोलामा पानीको बहाव तीव्र रहेकाले खोजीकार्यमा निकै कठिनाइ भइरहेको छ ।

लेखक
बालाराम शेर्पाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?