+
+

लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा एमालेको प्यानलै विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १९:३६

३० वैशाख, लमजुङ । नेकपा एमालेले लमजुङमा खाता खोलेको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-१ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेको प्यानलै विजयी भएका हुन् ।

एमालेका उम्मेदवार रुद्रमान गुरुङले ४ सय २२ मत ल्याएर वडाध्यक्ष जितेका छन् । उनी यसअघि पनि वडाअध्यक्ष थिए । उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका कमल गुरुङले १ सय १७ मत ल्याएका छन् ।

एमालेबाट महिला सदस्यमा पूर्णकाशी गुरुङ (३९५ मत), दलित महिला सदस्यमा गंगामाया विक (३८५ मत), खुला सदस्यमा निर्मलजंग गुरुङ (३९० मत) र हेमजंग गुरुङ (३८८ मत) विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार अर्जुन गुरुङले ४ सय १८ मत ल्याउँदा नेपाली कांग्रेसका लोकनाथ घिमिरेले १ सय १८ मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेका उम्मेदवार जुनामाया थापाले ४ सय ५ मत ल्याएकी छन् भने नेकपा माओवादी केन्द्रका अजय तामाङले १ सय १८ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?