+
+

विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पाको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ९:४२

१ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाको मेयर पदका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राखेका छन् ।

उनले २५८३ र एमाले उम्मेदवार सागर थापाले १६१५ मत प्राप्त गरेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ७१५ मत पाएका छन् ।

उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्कीले १८९६ मत प्राप्त गरेकी छन् । जसपा उम्मेदवार अमरेन्द्र यादवले १३२३ मत प्राप्त गरेका छन् । उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४०९ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?