+
+

कैलालीको ३ पालिकामा रेशम चौधरीको पार्टीको अग्रता

जनक विष्ट जनक विष्ट
२०७९ जेठ १ गते १०:२७

३१ वैशाख, धनगढी । नागरिक उन्मुक्ति पार्टीले तीन वटा स्थानीय तहमा अग्रता लिएको छ । निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको सो पार्टीले कैलालीको जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका र भजनी नगरपालिकामा अग्रता लिएको छ ।

यी तीन पालिकामा सत्तारुढ पाँच दलीय गठबन्धन र नेकपा एमालेलाई समेत नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले पछि पारेका छन् ।

टीकापुर नगरपालिकामा चार हजार ४४९ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार रामलाल थारु डगौराले १४९० मत ल्याएर अग्रस्थानमा छन् । नेपाली कांग्रेसका नवराज रावलले ७८१ र नेकपा एमालेका श्याम खत्रीले ६९६ मत पाएका छन् ।

उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी बिकले ११८७ मत ल्याएर अग्रता कायम राखेकी छन् भने उनलाई पछ्याइरहेकी माओवादी केन्द्रका खडक शाहले ९४५ र एमालेकी उपमा केसी ५५२ मत ल्याएकी छन् ।

जोशीपुर गाउँपालिकामा दुई हजार ४१९ मतको गणना सकिदा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका चित्रबहादुर चौधरी ६४९ र उपाध्यक्षमा रेखा कठरियाले ६६७ मत पाएका छन् ।

अध्यक्षमा पदमा दोस्रो स्थानमा रहेका राप्रपा उम्मेदवारले ६२४ र उपाध्यक्षमा कांग्रेस उम्मेदवारले ४८४ मत पाएका छन् ।

भजनी नगरपालिकामा २९२८ मत गणना हुँदा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ८१२ मत पाएका छन् । दोस्रो स्थानमा रहेका एमाले उम्मेदवारले ८०२ र माओवादी केन्द्रका उम्मेदवारले ७२० मत पाएका छन् ।

उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ६९६ मत पाएका छन् भने एमाले उम्मेदवारले ८४१ र माओवादीका उम्मेदवारले ५४७ मत पाएका छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?