+
+

सैनामैना-१ को वडाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह थापा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ११:५१

१ जेठ, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा निर्वाचित भएका छन् । सैनामैनामा नेपाली कांग्रेस र माओवादी केन्द्रको तालमेल छ ।

थापाले २ हजार ३९१ मत प्राप्त गरेर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केहरसिंह २ हजार १६९ मत प्राप्त गरेका छन् । केहरसिंह थापा निवर्तमान वडाध्यक्ष हुन् ।

सैनामैना नगरपालिकाको जारी मत गणनामा मेयरमा कांग्रेसका फणिन्द्र शर्मा र उपमेयरमा माओवादी केन्द्रका मानबहादुर महतले अग्रता लिएका छन् । उनीहरुलाई एमालेका मेयर उम्मेदवार चित्रबहादुर कार्की र उपमेयर उम्मेदवार विना मगरले पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?