+
+

हेटौंडाको मेयरमा एकीकृत समाजवादीको २ मतको झिनो अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १२:११

१ जेठ, काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट मेयरकी उम्मेदवार मीना लामाले २ मतले अग्रता लिएकी छन् । ६ हजार ६ सय मतगणना हुँदा गठबन्धनकी उम्मेदवार लामाले २ हजार १३० मत ल्याएकी छन् ।

एमालेका अनन्त पौडेल २ हजार १२८ मतका साथ उनलाई पछ्याइरहेका छन् । हेटौंडाको मेयरमा राप्रपा पनि प्रतिस्पर्धामा आएको छ । राप्रपाका दीपक सिंहले २ हजार १ मत ल्याएका छन् ।

यस्तै उपमेयरतर्फ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका राजेश बानियाँको मतान्तर धेरै देखिन्छ । बानियाँले ३ हजार १६५ मत ल्याउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले २ हजार ३२३ मत ल्याएकी छन् । यस्तै राप्रपाकी उम्मेदवार इन्दिरा न्यौपानेले ७०५ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?