+
+

सलमानको परिवारमा दोस्रो सम्बन्ध विच्छेद, सोहेल र सीमा पनि अलग हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १३:०७

केही बर्षअघि अभिनेता-निर्माता अरबाज खान र अभिनेत्री मलाइका अरोराबीच सम्बन्ध विच्छेद भयो । यो सम्बन्ध विच्छेदले बलिउडमा ठूलै तरंग मच्यायो । अहिले यस्तै तरंग ल्याएको छ, सोहेल खान र सीमा खानबीच अलग हुने खबरले ।

भनिहालौं, अरबाज र सोहेल दुबै सलमान खानका भाई हुन् । सोहेल र सीमालाई अलग हुने निर्णय गर्नबाट रोक्न सलमानले धेरै प्रयास गरेका छन् । यद्यपि उनको प्रयास सफल हुने छाँट छैन ।

सोहेल र सीमा खानले सम्बन्ध विच्छेदको लागि निवेदन दिएका छन् ।

यी दुईलाई मुम्बईको परिवार अदालत बाहिर देखिएको थियो । मुम्बईको पारिवारिक अदालतको एक स्रोतले सोहेल खान र सीमा खानको सम्बन्ध विच्छेदको बारेमा जानकारी दिँदै भनेका थिए ‘सोहेल खान र सीमा सचदेव आज अदालतमा उपस्थित भएका थिए । उनीहरूले सम्बन्ध विच्छेदको निवेदन दिएका छन् । दुवै जना एक अर्काप्रति मित्रवत् थिए ।’

उनीहरू केही वर्ष यता अलग-अलग बस्दै आएका थिए । सीमा र सोहेलबीच कुनै विवाद नभएको दम्पतीका एक नजिकका साथीले बताएका छन् । दुवैले मिलेर सहमतिमा यो निर्णय लिएका हुन् ।

को हुन् सीमा खान ?

सीमा खानको वास्तविक नाम सीमा सचदेव हो । उनी पेशाले फेसन डिजाइनर र स्टाइलिस्ट हुन् । सिमाले आफ्नो सलुन पनि खोलेकी छिन् जसको नाम कलिस्टा हो । सुजैन खान र महिप कपुरसँग मिलेर उनले मुम्बईको बान्द्रामा १९० वटा लक्जरी बुटीक खोलेकी छिन्  ।

विवाहको २४ वर्ष पछि सम्बन्ध विच्छेद

सोहेल खानले सन् १९९८ मा सीमा सचदेवसँग विवाह गरेका थिए । २४ वर्षपछि उनीहरूको सम्बन्ध टुट्ने भएको छ । दुवैले प्रेम विवाह गरेका थिए र विवाह  निकै फिल्मी भएका कारण उनीहरूको विवाह चर्चामा थियो । सीमा र सोहेलका दुई सन्तान निर्वाण र योहान छन् । दुवै लामो समयदेखि अलग बस्दै आएका थिए । सोहेल पहिलो नजरमा नै सीमासँग प्रेममा परेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?