+
+

अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बोहरा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १३:५८

१ जेठ, दार्चुला ।  अपिहिमाल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता भगतसिंह ठेकरे बोहरा निर्वाचित भएका छन् । आइतबार सम्पन्न मतगणनामा बोहराले दुई हजार ३०४ मत ल्याएर पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मानन्द मन्यालले एक हजार ३८५ मत पाए ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी देवकी बोहरा निर्वाचित भएकी छन् । उनले दुई हजार २७ मत पाइन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी  उर्मिला बोहराले एक हजार ३१३ मत पाइन् ।

यसअघि ०७४ सालमा अपि हिमालको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

यसपटक गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा सत्तारुढ दलले तालमेल गरेका थिए । अपिहिमाल वडा नम्बर ३ मा एमालेका दलित महिला सदस्य निर्विरोध चयन भएकी छन्, अरु पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

अपिहिमालको वडा नम्बर १ मा कांग्रेसका पोखरसिह लोथ्याल, वडा नम्बर २ मा रामसिह धामी, वडा नम्बर ३ मा गगनसिह कार्की निर्वाचित भएका छन् । व८ नम्बर ४ मा नेकपा माओवादी केन्द्रका रवीन्द्रसिंह बोहरा, वडा नम्बर ५ मा राजेन्द्रसिंह धामी र वडा नम्बर ६ मा धर्मसिंह धामी निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?