
१ जेठ, हेटौडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार तेस्रो स्थानमा झरेका छन् । मतगणनाको सुरुबाट पहिलो र दोस्रो स्थानमा रहेको एमाले आइतबार दिउँसो २ बजेसम्मको मतगणना अनुसार तेस्रो स्थानमा पुगेको हो ।
हालसम्म २ हजार २७४ मतसहित गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामा पहिलो स्थानमा रहेकी छन् । दोस्रो स्थानमा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह रहेका छन् । उनले २ हजार २२५ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा एमालेका उम्मेदवार अनन्त पौडेल रहेका छन् । उनको २ हजार ११२ मत प्राप्त गरेका छन् ।
हाल हेटौंडा १, २, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ । हेटौंडा-१ को मतगणना अन्तिम चरणमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4