+
+

सिमकोट-३ मा माओवादीका पामा लामा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १७:१३

१ जेठ, हुम्ला । सिमकोट गाउँपालिका वडानम्बर ३ को अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का पामा लामा निर्वाचित भएका छन् । पामा लामाले ३५४ मत पाए भने कांग्रेसका उम्मेदवार इन्द लामाले ३२५ मत ल्याएका हुन् ।

माओवादी केन्द्रका पामा लामाले २९ मतातन्तरले कांग्रेसका इन्द लामालाई पराजित गरेका हुन् ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा इन्द्र लामा माओवादी केन्द्रकै  ताक्ला जिक्मेत लामासँग १० मतले पराजित भएका थिए । यो वडामा एक सदस्य कांग्रेसले जितको छ  भने वडाध्यक्ष सहित अरु सबै सदस्य माओवादी केन्द्रले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?