+
+

चितवनका वडाको मत परिणाम : कांग्रेस ४, एमाले ४, माओवादी ३ र राप्रपा २ वडामा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १८:०२
फाइल तस्वीर

१ जेठ, चितवन । चितवनका ९८ वडामध्ये हालसम्म १३ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले समान ४/४ वडाध्यक्ष जितेका छन् भने नेकपा माओवादी केन्द्रले ३ र राप्रपाले २ वडाध्यक्ष जितेका छन् ।

भरतपुर महानगरपालिका-१ मा कांग्रेसका केशव महर्जन १ हजार ३९३ मतसहित विजयी भएका छन् । कालिका नगरपालिका-१० मा नरजंग प्रजा र वडा नम्बर १ मा सन्तवीर स्याङ्तान निर्वाचित भएका छन् । यसैगरी खैरहनी नगरपालिका-१ को वडाध्यक्षमा कांग्रेसका नवराज भुसाल विजयी भएका छन्  ।

एमालेका हालसम्म ४ जना वडाध्यक्ष निर्वाचित भएका छन् । इच्छाकामना गाउँपालिका-२ मा पञ्चबहादुर प्रजा, कालिका नगरपालिका-११ मा कृष्णबहादुर प्रजा, राप्ती नगरपालिका-६ मा जल्लु महतो थारु, राप्ती नगरपालिका-४ मा केदार आचार्य निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट इच्छाकामना गाउँपालिका-१ मा सन्तबहादुर राना, माडी नगरपालिका-२ दण्डपाणि पौडेल, माडी नगरपालिका-९ मा घनश्याम दवाडी निर्वाचित भएका छन् ।

उस्तै राप्रपाका माडी नगरपालिका-१ मा अमित लामा र वडा नम्बर ८ को वडाध्यक्षमा वीरेन्द्र भण्डारी निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?