+
+

चितवनको राप्तीमा एमालेलाई उछिनेर समाजवादीको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १८:१०
फाइल तस्वीर

१ वैशाख, चितवन । चितवनको राप्ती नगरपालिकामा नेकपा एमालेलाई उछिनेर नेकपा एकीकृत समाजवादीले अग्रता कायम गरेको छ ।

वडा नम्बर ६ को मत गणना सकिंदा एमालेले अग्रता लिएको भए पनि वडा नम्बर ४ को गणना गर्दा एकीकृत समाजवादीले अग्रता लिएको हो । एकीकृत समाजवादीका उम्मेदवार शमशेर लामाले २ हजार ५८४ मत ल्याएका छन् भने २ हजार ३३० मतका साथ एमालेका गोविन्दप्रसाद कँडेलले पछ्याइरहेका छन् ।

उपमेयरमा भने एमालेले नै अग्रता कायम गरेको छ । एमालेकी मेनका पाठकले २ हजार ६६९ मतका साथ अग्रता कायम गर्दा नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र लामाले २ हजार ३५६ मत ल्याएका छन् । अहिले राप्ती वडा नम्बर १२ को मतगणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?