+
+

काठमाडौंको उपमेयरमा सुनितालाई २४०० मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १९:४८

१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले झण्डै २४०० मतले अग्रता लिएकी छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार डंगोलले ३३८४ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मत पाएकी छन् ।

त्यस्तै राप्रपाकी विनिता मगैयाले ७६०, स्वतन्त्र उम्मेदवार दिव्या श्रेष्ठले ३६१, विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरले १५७ मत पाएकी छन् ।

सत्तारुढ गठबन्धनले काठमाडौं महानगरपालिकाको मेयर नेपाली कांग्रेसले र उपमेयर एकीकृत समाजवादीले लिने सहमति गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?