+
+

बैतडीको पञ्चेश्वरमा एमालेका चन्द र भट्ट विजयी

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०७९ जेठ १ गते २२:४१

१ जेठ, बैतडी ।  बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमालेका गोरखबहादुर चन्द विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै बिना भट्ट विजयी भएकी छिन् ।

अध्यक्षमा एमालेका चन्दले ३७८२ मत ल्याएर विजयी भएका छन् । भने उनका प्रत्यासी कांग्रेसका रमेश भण्डारीले २४८८ मत ल्याएका छन् ।

उपाध्यक्षमा भट्टले ३०६४ मत ल्याएका छन् भने उनका प्रत्यासी नेकपा एसका राजेन्द्र चन्दले २५०० मत प्राप्त गरेको पञ्चेश्वर गाउँपालिकाका निर्वाचन अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।

पञ्चेश्वरमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजबादीबीच गठबन्धन भएको थियो । निर्वाचीत चन्द र भट्ट २०७४ को स्थानीय तहको निर्वाचनमा पनि विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?