
२ जेठ, तेह्रथुम । फेदाप गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका केशवप्रसाद भेटवाल निर्वाचित भएका छन् ।
आइतबार मध्यरातमा सकिएको मतगणनामा भेटवालले ४ हजार ४१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिप्रसाद चोइवाङ लिम्बुले ३ हजार ८७९ मत पाएका छन् ।
२०७४ को निर्वाचनमा भेटवाललाई हराएर लिम्बु गाउँपालिका अध्यक्ष चुनिएका थिए । त्यो बेला उनीहरुको मतान्तर २०० बढी थियो । यो पटक बदला लिएका उनले उस्तै मतान्तरले जितेका हुन् ।
उपाध्यक्षमा कांग्रेसकै सुनिता पहीम निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी गीतादेवी थापाले ३७२५ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4