+
+

रुकुमपूर्वको सिस्नेको अध्यक्षमा माओवादीका रेग्मी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ९:३४

२ जेठ, रुकुम पूर्व । रुकुम(पूर्व) को सिस्ने गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रेग्मी निर्वाचित भएका छन् । उनले एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै पालिका अध्यक्षमा विजयी हासिल गरे ।

रेग्मीले तीन हजार ७७९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनबाट दत्तबहादुर बस्नेतले तीन हजार ७०० मत प्राप्त गरे ।

यस्तै एमाले–कांग्रेस गठबन्धनबाट एमालेका गोपाल रेउले उपाध्यक्षमा निर्वाचित भएका छन् । उनले तीन हजार ७६१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी आस्था विकले तीन हजार ४७४ मत प्राप्त गरिन् ।

यस्तै पालिका अध्यक्षमा राप्रपाका उम्मेदवार सुधीरबिक्रम शाहीले १७ मत प्राप्त गर्दा नेमकिपाका कालो खड्काले ३ मत प्राप्त गरे ।

८ वटा वडा रहेको सिस्ने गाउँपालिकामा ४ वटा वडा माओवादीले जितेको छ भने ३ वटा वडा एमाले र एउटा वडा कांग्रेसले जितेको छ । गएको स्थानीय तह चुनावमा सिस्ने गाउँपालिकाको अध्यक्ष उपाध्यक्षसँगै ६ वटा वडामा माओवादीले जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?