+
+

धनुषाको धनौजीमा झडप, २५ राउण्ड हवाइ फायर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १०:२९

२ जेठ, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा झडप भएको छ ।

झडप बढ्दै जाँदा मतगणना स्थलमा भएको विवादले उग्ररुप लिएपछि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको छ ।

झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

अहिले मतगणना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?