+
+

कुञ्जमा कुमाइ बनिन् मुगुमा पहिलो महिला वडाध्यक्ष 

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १३:०३

२ जेठ, मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका-११ मा नेकपा एकीकृत समाजवादी पार्टीकी कुञ्जमा कुमाइ निर्वाचित भएकी छन् । उनी जिल्लामै पहिलो महिला वडाध्यक्ष बनेकी छन् ।

कुञ्जमा १२९ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्दी नेकपा एमालेका तजबहादुर बुढाले १२४ मत ल्याए । यस वडामा ४९६ मत खसेको थियो । ५ मत अन्तरले निर्वाचित भएकी कुमाइ जिल्लाका ४५ वडामा पहिलो निर्वाचित महिला वडा अध्यक्ष बन्न सफल भएकी हुन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?