
३ जेठ, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला समेत रहेको डडेल्धुराको अमरगढी नगरपालिका प्रमुखमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन् ।
उपप्रमुखमा जोशी ३६१९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस विपीका हरि भट्टले ३४२६ मत प्राप्त गरे ।
उपप्रमुखमा पनि नेपाली कांग्रेसकै पार्वती झुकाल ३ हजार ६७८ मत सहित विजयी भएकी छिन् । उनका निकट प्रतिस्पर्धी एमालेका यज्ञराज अवस्थीले ३ हजार ८५ मत ल्याएर पराजित भएका छन् ।
वडा नम्बर १ देखि ७, ९, १० र ११ मा कांग्रेसको प्यानलै निर्वाचित भएको छ भने ८ मा कांग्रेस विपी विजयी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4