+
+

२४ वर्षीया गीता बनिन् शिवालयको उपाध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ७:५१

३ जेठ, जाजरकोट । जिल्लाको शिवालय गाउँपालिकाको उपाध्यक्षमा २४ वर्षीया गीता शाही निर्वाचित भएकी छन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेकी शाहीले नेकपा एमालेकी नैनसरा शाहीलाई २४० मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।

शाहीले २६५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले २४२९ मत पाइन् । विद्यार्थी राजनीतिबाट सक्रिय भएकी शाही अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।

पढाइसँगै राजनीति

उपाध्यक्षमा निर्वाचित शाही शिवालय गाउँपालिका-६ थालाकी स्थायी बासिन्दा हुन् । २०५४ साल कात्तिक ३० गते जन्मिएकी गीता जिल्ला समन्वय परिषद् सदस्य विनोदकुमार शाहीकी छोरी हुन् ।

सानै उमेरदेखि राजनीतिमा सक्रिय रहेकी शाही ईन्द्रज्योति माध्यामिक विद्यालय थालारैकरमा अखिल क्रान्तिकारीको इकाइ अध्यक्ष भएर राजनीतिक यात्रा सुरु गरिन् ।

अखिल क्रान्तिकारी, जाजरकोट जिल्ला कमिटी सदस्य हुँदै हाल कर्णाली प्रदेश कमिटी सदस्यको जिम्मेवारी समालेकी शाहीले कक्षा १ देखि कक्षा १० सम्मको पढा इन्द्रज्योति माध्यामिक विद्यालय शिवालय-६ थालारैकरबाट पूरा गरेकी हुन् ।

कक्षा ११–१२ को पढाइ वीरेन्द्र सामुदायिक माध्यामिक विद्यालय जुङ्गाथापाचौरबाट पूरा गरेकी शाहीले महेन्द्र बहुमुखी क्याम्पसबाट अर्थ र राजनीति शास्त्रमा स्नातक गरेकी छन् ।

शाहीका हजुर बुवा बिद्रोहीले २०५४ असारदेखि माओवादी जनयुद्धमा सहभागी भएका थिए भने उनका बुवा विनोद कुमार शाही सशस्त्र प्रहरी बलको जागिर छोडेर माओवादी पार्टीको राजनीतिकमा सक्रिय भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?