+
+
Shares

१० विधामा ‘इन्फ्लुएन्सर अवार्ड्स’ को मनोनयन सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कन्टेन्ट क्रिएटरका लागि लक्षित ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को १० विधाको मनोनयन सूची सार्वजनिक भएको छ।
  • स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले १२ असोजमा अवार्ड वितरण गर्नेछ र २ हजार २०० भन्दा बढीले आवेदन दिएका थिए।
  • निर्णायकमा प्रशान्त ताम्राकार, बद्री कटवाल, सोफिया भुजेल र टेकनारायण भट्टराई छन्।

काठमाडौं । कन्टेन्ट क्रिएटरका लागि लक्षित गर्दै आयोजना हुन लागेको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ को मनोनयन सूची सार्वजनिक भएको छ । स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले १२ असोजमा अवार्ड वितरण गर्नेछ ।

१० विधामा मनोनयन सूची सार्वजनिक गरिएको हो । आयोजक संस्थाका निर्देशक सुरज गराचका अनुसार डिजिटल कन्टेन्ट सिर्जनाकर्तालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको हो ।

क्रिएट, इन्स्पायर, इम्प्याक्ट भन्ने नारासहित आयोजनना हुन लागेको यो अवर्डाका लागि करिव तीन महिनाको अवधि राखेर आवेदन आह्वान गरिएको थियो, जहाँ २२ सय भन्दा बढी कन्टेन्ट क्रिएटरले आवेदन दिएका थिए ।

निर्णायकमा फेसन कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आइएमई समूहका बद्री कटवाल, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र पत्रकार टेकनारायण भट्टराई छन् ।

यस्तो छ मनोनयन सूची :

१) एजुकेसन फाइनान्स

रोनित श्रेष्ठ, हिमांशु पोखरेल, शुभम चापागाइँ, सुरज तिमिल्सिना, रविन पौडेल, दिपेश शाही ठकुरी, पोषण भण्डारी, प्रशिका थापा, शर्मिला लामा, नवीन तिमल्सेना छन् ।

२) इन्टरटेनमेन्ट

सम्राट अधिकारी, सन्दिप सुनार, सन्देश तामाङ, राजेश बोगटी, दिलिप ओखेडा, विवेक पाण्डे, लक्ष्मी ओली, आभाष निरौला, जुलिया मोक्तान, दिपेशकुमार शर्मा

३) फेसन ब्यूटी

योगेश शर्मा, अदिती अधिकारी, सुष्मिता भुषाल, रोहिशा पुरी, असिम रानाभाट, रोसा मारिया लामा, तेजल थापा

४) फिटनेस हेल्थ

नेपाली फिट ड्यूड, तेज गिरी, जीम कपन, सुदिप विष्ट, प्रिया बराल

५) फूड

सोनी गुरुङ, मनिषा थापा, सुशान्त आचार्य, अभिनव जोशी, ऋचा श्रेष्ठ, सुशील कँडेल

६) गेमिङ

विष्णु भण्डारी, आयुष महत, ब्रोक्जी अफिसियल र हेक्सल जीजी

७) लाइफ स्टाइल

रियाना श्रेष्ठ, जेनिशा तिमल्सिना, अश्मी अमात्य, आयुष श्रेष्ठ, महफूज आलम, सुबेक्षा पोखरेल, अंकित श्रेष्ठ, अञ्जिला रजक, सुमितकुमार ओली, क्रिन्जल कार्की

८) स्पोर्टस्

सुजीत थापा, उज्वल प्रजापति

९) टेक्नोलोजी

ऋषभ गौतम, निशान्त श्रेष्ठ, उमेश कुमार थापा, हेम प्रसाद भट्टराई, मिशन अधिकारी

१०) ट्राभल

प्रशान्त सिंह ठकुरी, अमित विष्ट, विनोद पन्त, अर्पण घिमिरे, मनिषा महर्जन, रोशन खैतु, विदुर अधिकारी, अमन साह गुप्ता, समीर बानियाँ, सन्जिता पाठक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?