+
+

संखुवासभाको पाँचखपनको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ८:१५

३ जेठ, संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार विपिन राई विजयी भएका छन् ।

नेकपा एमालेका हिन्दुकुमार राईलाई १ हजार ३५१ मत हराउँदै कांग्रेसका राई प्रमुखमा विजयी भएका हुन् । राईले ४ हजार ७८८ र उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिन्दुुकुमारले ३ हजार ४३७ मत ल्याएका छन् । विपिन राई यस अघिका नगरप्रमुख हुन् ।

त्यस्तै उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी सुमुना श्रेष्ठ ३ हजार ८३४ मतसहित विजयी भएकी छन् । एकीकृत समाजवादीकी श्रेष्ठले ३४७ मत अन्तरले एमालेकी अनिता न्यौपानेलाई हराइन् । अनिताले ३ हजार ४८७ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?