+
+

विराटनगरमा नागेश १७०० र शिल्पा २००० मतले अगाडि

हरि अधिकारी हरि अधिकारी
२०७९ जेठ ३ गते ८:२१

३ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार प्रमुखमा कांग्रेस उम्मेदवार नागेश कोइरालाले १ हजार ७०० र उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्कीले २ हजार मतको अग्रता बनाएका हुन् ।

गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका कोइरालाले ७ हजार ५९१ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार सागर थापाले ५ हजार ८२४ मत प्राप्त गरेका छन् । नागेशले सागरसँगको मतान्तर १ हजार ७६७ बनाएका छन् ।

प्रमुखमा स्वतन्त्र उम्मेदवार उमेश यादवले  २ हजार ५४४ मत प्राप्त गर्दा राप्रपा उम्मेदवार प्रह्लाद प्रसाद साहले १ हजार ४५० मत प्राप्त गरेका छन् । लोसपा उम्मेदवार मृत्युन्जय कुमार मिश्रले १४७ मत पाएका छन् ।

विराटनगर महानगरपालिका उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्कीले गठबन्धन उम्मेदवार अरमेन्द्र यादवसँगको मतान्तर २ हजार ९६ बनाएकी छन् । पछिल्लो मत परिणाम अनुसार कार्कीले ६ हजार ३३३ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बनेका जसपा महानगर समिति अध्यक्ष अमरेन्द्र यादवले ४ हजार २३७ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा राप्रपा उम्मेदवार विन्दाकुमारी लुइटेल आचार्यले १ हजार ८०७ र  स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १ हजार ४८६ मत प्राप्त गरेकी छन् । लोसपा उम्मेदवार सहनाज खातुनको पक्षमा १९० मत परेको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?