+
+

सप्तकोशीमा कांग्रेसले एमालेबाट खोस्यो मेयर

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १६:३१

३ जेठ, सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकाको मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ । मेयरमा कृष्ण ढकाल र उपमेयरमा रिताकुमारी चौधरी निर्वाचित भएका हुन् ।

मेयरमा ढकालले ४ हजार ४६९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उत्तमकुमार शर्माले २ हजार ९६७ मत पाएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा शर्मा मेयरमा निर्वाचित भएका थिए ।

उपमेयरमा चौधरीले ३ हजार ९५८ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेकी संगीताकुमारी चौधरी २ हजार २०० मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?