+
+

मोरङको कटहरी गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १०:३९

४ जेठ, विराटनगर । मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका देवराज चौधरी र उपाध्यक्षमा एमालेकी सीतादेवी राजवंशी निर्वाचित भएका हुन् ।

चौधरी  ६ हजार ५६५ मतसहित विजयी भए । अध्यक्षमा चौधरीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुभाषकुमार सरदारले ५ हजार ६८२ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका उम्मेदवार किशोरकुमार पाण्डेले ३ हजार ५३७ मत प्राप्त गरे ।

उपाध्यक्षमा एमालेकी सीतादेवी राजवंशी ५ हजार ८४८ मतसहित विजयी भइन् । कांग्रेस उम्मेदवार मञ्जिताकुमारी सरदारले ५ हजार ७०५ मत प्राप्त गरिन् । माओवादी केन्द्रकी उम्मेदवार पुजनदेवी सरदारले ३ हजार ६६६ मत प्राप्त गरिन् ।

कटहरीका सातमध्ये पाँच वडाध्यक्ष एमालेले जितेको छ । कांग्रेस र जसपाले एक-एक वडा जिते । कटहरी १, २, ५, ६ र ७ नम्बर वडा एमालेले जित्यो । वडा नम्बर ३ नेपाली कांग्रेस र वडा नम्बर ४ मा जसपा उम्मेदवार विजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?