+
+
Shares

बझाङको जयपृथ्वी नगरपालिकामा गठबन्धन विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ११:४४

४ जेठ, बझाङ । बझाङको जयपृथ्वी नगरपालिकामा गठबन्धनका उम्‍मेदवार विजयी भएका छन् ।

नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका चेतराज बराल र उपमेयरमा नेकपा माओवादी केन्द्रका रतबहादुर सिंह निर्वाचित भएका छन् ।

नेकपा एमालेका सुरतबहादुर सिंहलाई १४ सय बढी मतले हराउँदै मेयरमा कांग्रेसका बजाल निर्वाचित भएका हुन् ।

बजालले ४ हजार ९७० मत ल्याउँदा एमालेका सिंहले ३ हजार ४९९ मत मात्र ल्याए ।

यस्तै उपाध्‍यक्षमा एमालेका जमुना कुमारी चन्द् सिंहलाई पराजित गर्दै केन्द्रका रतनबहादुर सिंह निर्वाचित भएका छन् ।

रतनबहादुरले ४ हजा ६२७ मत ल्याउँदा जमुना कुमारीले ३ हजार ३९१ मत मात्र ल्याइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?