+
+

काठमाडौं महानगरमा ८,११५ मत अन्तरले बालेनको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १४:१६

४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ८ हजार भन्दा बढी मत अन्तरले अग्रता लिएका छन् ।

४३ हजार ६४८ मतगणना गर्दा बालेन्द्रले १७ हजार ३१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार स्थापितले ८ हजार ८७६ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर ८ हजार १ सय १५ छ ।

तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ९४१ मत पाएकी छन् । सिर्जना सिंह एमालेका केशव स्थापितभन्दा ९३५ मतले र बालेन शाहभन्दा ९ हजार ९० मतले पछाडि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?