+
+

बैतडीको पुर्चौडीको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १४:१४

४ जेठ, बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार ‍विजयी भएका छन् । मेयरमा दीपकबहादुर बम र उपमेयरमा मीना धानुक निर्वाचित भएका छन् ।

बमले ५ हजार ८८० मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कर्णबहादुर कुवँरले ३ हजार ९६५ मत पाएका छन् । माओवादी केन्द्रका बिक्रम कुवँर प्रतीकले ३ हजार ९०६ मत ल्याएका छन् ।

उपमेयरमा निर्वाचित धानुकले ५ हजार २०० मत ल्याइन् भने उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी जानकी बोहरा साउदले ४ हजार ६१२ मत पाइन् । माओवादी केन्द्रकी नन्दाकुमारी शाहले ३ हजार ९२३ मत ल्याइन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पुर्चौडीमा माओवादी केन्द्र विजयी भएको थियो । पुर्चौडीमा माओवादी केन्द्रले वडा नम्बर ५ को वडाध्यक्ष मात्रै जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?