+
+

नेप्से परिसूचक ८ अंकले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १५:३८

४ जेठ, काठमाडौं । सेयर बजार परिसूचक नेप्से ८.९० अंकले बढेको छ । मंगलबार ८४ अंकले घटेको बजार बुधबार भने केही थामिएको हो । बुधबार कारोबारमा आएका १३ उपमूहमध्ये ८ उपसमूहमा हरियाली छाएको छ भने ५ उपसमूह राताम्मे रह्यो ।

नेप्सेका अनुसार बुधबार बजार परिसूचक ८.९० अंकले बढेर २२ सय ७४.४२ को बिन्दुमा पुगेको छ । बुधबार २२७ कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा काराबार रकम भने एक अर्ब ३२ करोड ६३ लाख छ । दोस्रो बजारमा खरिद बिक्री भएका मध्ये १२७ कम्पनीको सेयर मूल्य बढ्ये भने ५२ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । यस्तै एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।

बुधबार राधी विद्युत्, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र बरुण हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढ्यो । दोस्रो बजारमा सूर्योदय लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लाग्यो भने प्रुडेन्सिल इन्स्योरेन्स र सूर्यलाइफ इनस्योरेन्सको मूल्य ४ प्रतिशतले घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?