+
+

उदयपुरको बेलकामा कांग्रेसका कार्की र एमालेकी राई निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १८:०८

४ जेठ, उदयपुर । उदयपुरको बेलका नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका छन् ।

नगरको मेयरमा एमालेका उम्‍मेदवार दुर्गा कुमार थापालाई ३ हजार बढी मतले कांग्रेसका अशोक कार्की निर्वाचित भएका हुन् ।

अशोकले १० हजार १२० मत ल्याउँदा दुर्गा कुमारले ६ हजार ९८० मत मात्र ल्याए । यस्तै समाजवादीका महेन्द्रबहादुर राई ८५८, राप्रपाका इन्द्रप्रसाद अधिकारीले ४१८ र मंगोल नेशनल अर्गनाइजेशनका मसिन बहादुर राईले १७९ मत पाए ।

यस्तै नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रका मनोज कुमार तामाङलाई हराउँदै एमालेकी जीरा राई निर्वाचित भएकी छिन् । राईले ८ हजार २७६ मत ल्याउँदा तामाङले ७ हजार ४९५ मात्र मत ल्याए ।

यस्तै जनता समाजवादीकी गिता गरीले ६५७, राप्रपाकी मञ्जु कुमारी चौधरीले ६२२ र मंगोल नेशनल अर्गनाइजेशनकी चन्द्रकला चौधरीले १५४ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?